शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

घनश्यामले दिने भए ओलीलाई चुनौती, आगामी महाधिवेशनमा एमाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने !


  • शुक्रबार, असोज २९ २०७८
11.4K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले ‘जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मङ्सिरमा हुन लागेको दसौँ महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्दै ओलीलाई चुनौती दिने सङ्केत गरेका छन् ।

धनश्याम भुसालले एमाले पार्टीमा अध्यक्षको  अप्रतिस्पर्धीको रूपमा स्थापित गराउने सङ्केत केही पत्रकारमाझ गत आईतवारनै गरेका थिए ।

असोज १५-१७ सम्म काठमाडौंमा भएको विधान महाधिवेशनपछि एमालेमा केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षका रुपमा अघि बढेको चर्चाबीच उपमहासचिव भुसालले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरु नेतृत्वमा जान योग्य रहेको उल्लेख गरे।

‘हाम्रो पार्टीको विधानमा नै केन्द्रीय कमिटी पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने स्पष्ट व्यवस्था छ,’ उनले अगाडि भने, ‘दशौं महाधिवेशनमा त्यही अनुसार अघि बढ्न सकिन्छ।

अन्य पदाधिकारी साथीहरु पनि अध्यक्षका लागि योग्य हुनुहुन्छ। एमालेको मूल नेतृत्व लिन म आफैँ पनि योग्य छु।’

उनले पार्टीको मूल नेतृत्व अर्थात अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न आफू पनि तयार रहेको जनाउ पत्रकारहरुलाई दिए। असोज १५-१७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले ‘जसको नीति उसको नेतृत्व’ हुने बताएका थिए।

भुसालले आफ्नो नीति स्थापित गर्न अध्यक्षमा ओलीलाई टक्कर दिन सकिने उल्लेख गरे।

उनले आफूहरुले ओलीसँग आत्मसमर्पण गरेको नभइ ओली नै आफ्नो विचारमा सहमत हुने विन्दुमा आइपुगेको तर्क गरेका छन्। ‘हामीले उठाएका कुरामा केपी ओलीले हिजो बिमत्ति देखाउनु भएको थियो।

तर ती विषयमा उहाँ आज सहमत हुनुभएको छ,’ उनले भने, ‘संसद विघटन प्रकरणमा पनि उहाँ छलफलका लागि तयार हुनुभएको छ। विधान महाधिवेशनमा हामीले कुरा उठाएका थियौं।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा