दशैँ मुखमै आएको छ । तर मजदुरी गरेर दुई छाक टार्नेको समस्या ज्युँ का त्युँ छ । जनताको समस्यामा हामी छौँ भन्ने नेता मन्त्री प्राडो र पजेरोमा झन्डा हल्लाउँदै टिक थाप्छन् तर मजदुरको पीडा कसले बुझिदिन्छ चाबहिल क्षेत्रमा मजदुरी गरेर पेट पाल्ले मजदुरको दुखेसो हो यो ।
वास्तम्मै मन छुने कुरा ती मजदुरले साटे । समाज पनि त्यस्तै भएको छ । तिनै मजदुरबाट चुनिएर गएका नेताहरू चिल्ला गाडीमा ठाटीएर दशैँ मनाउन हिड्छन तर आम सर्वसाधारण जसलाई दुई छाक टार्न र लाला बाला पाल्न मुस्किल छ उनीहरूको दुई छाक टार्न समस्या हाम्रो समाजमा विकराल छ ।
नेता भोट माग्ने बेलामा टोल पस्छन् तिनै मजदुरको भोटले जित्छन् । जब जित्छन् जनताका समस्यामा वास्तै नगर्ने बानी प्राय हाम्रा नेतालाई लागेको छ । भोट माग्न मात्रै गाउँ र टोल छिर्ने चुनाव जितेपछि बेपत्ता हुने हाम्रा नेताको सस्कारनै बसी सक्यो ।
नेताको एक मात्र काम कुर्सी कसरी जोगाउने भनेर सत्ताको हिसाबकिताबमै जान्छ । सर्बसाधारण जनता भोकले छटपटाएको सिंहदरबारले खै किन हो देख्दैन ।
मजदुरी पेसो गरेर जिइबिको चलाउनेलाई पनि राज्यले दशैँ मनाउने वातावरण बनाइदिए हुन्थ्यो भन्ने गुनासो मजदुरहरूको छ । राज्य मुलुकमा छ तर राज्यको ध्यान मजदुर सर्वसाधारण तिर जान सकेको छैन । दशैँको मुखमा लाला बालालाई के खुवाउने चिन्ता छ ।
हाम्रो राज्यव्यवस्था कस्तो लाचार छ भने मात्र आफ्नू कुर्सी र पदकै लागि मात्र नेताहरू कुदेका कुदै छन् । आम सर्वसाधारण लाई पनि चाडबाड लाग्छ उनीहरूका पनि सन्तान छन् भन्ने तर्फ राज्यले देखेको नदेखै गर्छ ।
कमसेकम राज्यले चाडबाड मनाउनलाई सरै गारो पर्ने जनता लई हेरिदिने हो भने सबैले चाडबाड मनाएर खुसी साट्ने थिए राज्यको ध्यान यतातिर जान जरुरी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।