प्रदेश १ सरकार विश्वासको मत छल्ने तर फटाफट राजनीतिक नियुक्ति गर्ने रणनीतिमा रहेको देखिन्छ ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर फटाफट कार्यकर्ता र आफन्तलाई राजनीतिक नियुक्ति बाँड्न थालेको व्यापक हल्ला छ । अफु नरहने भएपछि मिल्ने जति ठाउँमा आफ्ना कार्यकर्तालाई भर्ती गर्न मरिहत्ते गरेर प्रदेश १ सरकार लागेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएको हो । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएको हो ।
प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई,उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो ।
प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएको छ । जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, परशुराम चयन भएका छन् ।
प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएको छ । जसको उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।