शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु


  • सोमबार, असोज २५ २०७८
11.7K
SHARES

फाइल तस्विर

अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । यस्तै पञ्चदेवल विनायक-२ का १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी अर्यालले बताए ।

घाइते १४ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा