शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बागमती लोकतान्त्रिक खेलकुद संघको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)


  • आइतबार, असोज २४ २०७८
12.7K
SHARES

२४ असोज, काठमाडौँ ।
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

धुम्बाराही स्थित स्मार्ट पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत ११४२ एवं छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सभापति दीपक गुरुङको सभापतित्वमा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन कुमार थापा, दिव्यमणि राजभण्डारी, क्षेत्रीय सभापति राजु श्रेष्ठ, युवा नेता मनिष जोशी, बागमती लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी लगायत नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सभापति दीपक गुरुङले स्वागत मन्तव्य राख्दै दसैँ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आमन्त्रित सम्पूर्णलाई स्वागत गरेको थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले चाड पर्वको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउन सिंगो कांग्रेस लाग्नु पर्ने बताए । शेर बहादुर देउवा नेतृत्व पछिको नेपाली कांग्रेस कमजोर बनेको बताए । १४औँ महाधिवेशनबाट कांग्रेसका लागि उचित नेतृत्वको आवश्यकता रहेको छ ।

उनले भने, ‘नेपाली कांग्रेसको १३औँ महाधिवेशन पछि पार्टी कमजोर बन्यो, कम्युनिस्टले कांग्रेसलाई दुसशाहस गर्न थालेका छन् ।’

कांग्रेसको सभापति पदमा उम्मेदवारी दिँदै गर्दा आफू माथि पार्टी भित्रबाटै गलत अफवाह फैल्याउन थालिएको सिंहले बताए । ‘प्रकाशमान काठमाडौँ र नेवारहरूलाई मात्र हेर्छ भन्ने अफवाह फैल्याइन्छ । त्यसलाई सही मान्ने केही काला कांग्रेस छन् । तर यस कुरामा कुनै सत्यता छैन ।’ सिंह भन्छन्, ‘देशभरका साथीहरूले मलाई महामन्त्रीमा जिताउनु भयो । मैले जिल्ला सभापतिमा नेवार भन्दा बाहेकलाई उठाएको छु । त्यस कारण गलत कुराको सिकार नहुन आग्रह गर्दछु ।’

यस्तै कार्यक्रममा बोल्दै गगन थापा, दिव्यमणि राजभण्डारी, राजु श्रेष्ठ लगायतका नेताहरूले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

बिहान १० बजेदेखि सुरु भएको शुभकामना आदान–प्रदान कार्यक्रम मध्यान्ह १२ बजेसम्म चलेको थियो ।

छायांकनः रोभिन भट्टराई/ktmkhabar


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा