बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत गरेसंगै प्रदेशसभाको बैठक आगामी काक्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबार साँझ बसेको प्रदेसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तसत गरेकी थिएन् ।
उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गरेकी हुन् ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसद्बाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसद्हरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफुले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रसतसत गरेको बताइन् ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसंगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी काक्तिक ४ गते १ बजेका लागि बोलाएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।