शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

उद्योग मन्त्री दाई गजेन्द्रले राजीनामा दिँदा भाई मन्त्रीमा नियुक्त हुँदै


  • आइतबार, असोज २४ २०७८
9.4K
SHARES

फाइल तस्विर

विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिइसकेका छन् । तर संयोग अचम्मको छ, उनकै भाई सुरेन्द्र हमाल भने आज लुम्बिनी प्रदेशको मन्त्री नियुक्त हुने स्रोत बताउँ छ ।

तीन दिनअघि संघीय सरकारमा उद्योगमन्त्री बनेका र आइतबार बिहान राजीनामा दिएका गजेन्द्र हमालका सहोदर भाइ सुरेन्द्र हमालले भने मन्त्री पद पाउने पक्का भएको जनाइृएको छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभाका सदस्य रहेका सुरेन्द्र हमाल आज मन्त्री नियुक्त हुने स्रोत बताउछ । प्रधानन्यायाधीश जबराका जेठान पर्ने गजेन्द्र हमाल जबराकै कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनका भाइ भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेको स्रोत बताउछ । लुम्बिनी प्रदेशको बनमन्त्रीको रूपमा सुरेन्द्रको आइतबार दिउँसो २ बजे सपथ हुने कार्यक्रम समेत रहेको स्रोतको दाबी छ ।

सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वचित सांसद हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा