शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

विकासका काममा सरकारले कैंची चलाएको विष्णु पौडेलको आरोप


  • आइतबार, असोज २४ २०७८
9.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले सरकारले विकासका काममा कैंची चलाएको आरोप लगाएका छन्।

पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजना कटौती गर्ने र विगतदेखि नै संचालनमा रहेका आयोजनामा पनि वर्तमान सरकारले बजेट कटौती गरेको आरोप लगाए।

शनिबार बुटवलमा आयोजित रुपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारको उदासिनता रहेको बताए।

‘गौतमबुद्ध विमानस्थलको पहिलो चरणको काम सम्पन्न भएसँगै दोस्रो चरणको कामको लागि यसअघि नै प्रक्रिया अगाडि बढेकोमा अहिले उक्त प्रक्रिया रोकिएको छ, दोस्रो चरणको कामलाई सरकारले कुनै अलमल नगरी अविलम्ब अगाडि बढाओस्’, पौडेलले भने।

पौडेलले गौतमबुद्ध विमानस्थल रुपन्देही तथा लुम्बिनी प्रदेशको मात्र नभई राष्ट्रकै गौरवको आयोजनाा भएकोले यसको निर्माणमा कुनै अलमल नगर्न सरकारलाई आग्रह गरे।

उनले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि आफ्नो पहलमा टेण्डर आह्वान भइसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढाउन आग्रह गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा