शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

देउवा खराब थिए, खराब रहने पक्का भयो : संविधानविद् आचार्य


  • शनिबार, असोज २३ २०७८
6.7K
SHARES

फाइल तस्विर

संविधानविद् डा. भीमार्जुन आचार्यले शुक्रबारको मन्त्रिपरिषद विस्तारको घटना दु:खद् र आपत्तिजनक रहेको बताएका छन्।

आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद मुलुकका लागि ठिक थिएन भन्दै यी दुबै मन्त्रिपरिषद मुलुकका लागि खराब रहेको बताए।

‘यी दुबै मन्त्रिपरिषद खराब थिए, खराब नै रहने भए,’ शनिबार बिहान ट्वीटरमा लेख्दै आचार्यले भनेका छन्।

शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवादे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाएका थिए। नातामा पर्ने व्यक्ति र गैरसांसदलाई प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बनाइएको विषयमा आलोचना भइरहेको छ।

आचार्यले भनेका छन्, ‘देउवा खराब थिए, खराबै रहने पक्का भयो। परमादेशसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो। जसरी गरेका हुन्, गरेकै देखियो।’

तर, इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन भन्दै आचार्यले भनेका छन्, ‘के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन्?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा