शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पार्टी फुटाएर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई : एमाले नेतृ चौधरी


  • शनिबार, असोज २३ २०७८
6.6K
SHARES

फाइल तस्विर

नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकाहरुलाई व्यंग्यात्मक शैलीमा बधाई दिएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत प्रकट गरेकी छन् ।

नेतृ चौधरीले कसैको नाम उल्लेख नगरे पनि पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेकाहरु रामकुमार झाँक्री लगायतप्रति लक्षित गर्दै रहर पूरा गरेको भन्दै बधाई दिएकी छिन ।

उनले भनेकी छिन, ‘पार्टी फोडेर मन्त्री हुने रहर पूरा गर्नेलाइ हार्दिक बधाई । थारु समुदाय निल, आज विभाजनको पक्षमा लागे पनि हिजोदेखि दु:ख गरेकाको मुल्यांकन राम्रैसँग गरिएछ । दलाल पुँजिवादका विरुद्ध लडेर क्रान्ति त राम्रैसँग गर्ने जस्तो देखियो ।’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा