जनतालाई दुई छाक टार्न धौधौको अवस्था छ तर गण्डकी प्रदेशका जनप्रतिनिधि र पिएले ५० लाख बढी दसैँ भत्ता बुझ्ने खबर बाहिरिएको छ ।
यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले दसैँ भत्ता पाएका छैनन् । गत सालको दशैमा विवाद देखिएकोले यो पटक मन्त्रीपरिषद् निर्णय गरेको छैन । तर गण्डकी प्रदेशका सदस्यहरूको खातामा भने रकम निकासा गरिएको छ ।
प्रदेश सांसदहरूलाई पारिश्रमिक ऐनअनुसार १ महिनाको तलब बराबरको भत्ता पठाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनअनुसार जनप्रतिनिधिलाई दसैँ भत्ता दिइएको हो । प्रदेशका सांसदसँगै उनीहरूका सहयोगी पिएलाई समेत १ महिनाको तलब दसैँ भत्ता पठाइएको छ ।
प्रदेशमा हाल ५९ जना सांसद छन् । सांसदको तलब ५४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, सभामुखको तलब लगभग ५८ हजार रुपैयाँ रहेको सचिवालय स्रोत बताउँछ । सचिवालयका अनुसार सांसद र उनीहरूका पिएको खातामा भत्ता पठाइएको हो ।
सांसद र पिएलाई १ महिना बराबरको तलब अतिरिक्त उपलब्ध गराउँदा ५० लाख रुपैयाँ बढी निकासा हुन्छ । हाल पिएको तलब ३० हजार २ सय रुपैयाँ तोकिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।