नवनियुक्त मन्त्रीहरुले शपथ लिएसँगै शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेकी थिइन् । यससँगै देउवा सरकारले पूर्णता पाउँदै २५ सदस्यीय बनेको छ ।
एमालेमै रहँदा एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तानासाही भएको सबैभन्दा ठुलो स्वरमा आवाज उठाउने नेतृ हुन रामकुमारी झाँक्री । माधव नेपाल लाई पार्टी फुटाउँदा सम्मै साथ दिएर मन्त्री समेत बन्न सफल भएकी छन् ।
वामपन्थी राजनीतिमा सक्रिय युवा नेतृ झाँक्री २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियूको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी उनले १९ औँ सम्मेलनमा अनेरास्ववियूको अध्यक्ष भएर विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट एमालेको तर्फबाट निर्वाचित उनमा एमालेको बिबाद चरम उत्कर्षमा पुगेर पार्टी फुटको वातावरण हुँदा माधव नेपालको दर्बिलो खम्बा भएर ओली विरुद्ध आगो ओकलिन ।
अहिले पनि झाँक्री एमाले अध्यक्ष केपी ओलीको मनोमानीले पार्टी फुटको अबस्था आएर आफूहरू अलग भएको स्पष्ट सँग भन्ने गर्दछिन्। माधव नेपालले पार्टी फुटमा दर्बिलो साथ पाएर नै होला नेतृ झाँक्रीलाई मन्त्री समेत बनाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।