शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले स्रोत भन्छ : मेटमणिले मन्त्री पद गौण भन्नु जनताका आँखामा धुलो छर्ने हावादारी कुरा मात्रै हो


  • शुक्रबार, असोज २२ २०७८
10.4K
SHARES

तस्विरः फाइल

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताए सँगै एमाले निकट स्रोतले यस्ता हास्यास्पद कुरा गरेर जनताको आँखामा धुलो छर्ने काम माधव नेपालको पार्टीका कार्यकर्ताले गर्न मिल्दैन । पद नपाएरै एमाले बाट चैटीएका हरुले मन्त्री पद गौण भन्ने कुरा हावादारी मात्रै हो भन्ने टिप्पणी गरेको छ ।

एमाले स्रोत भन्छ मेटमणिले मन्त्री पद गौण भन्नु जनताका आँखामा धुलो छर्नु मात्रै हो । एमाले फुटाएको एक मात्र कारण मन्त्री पद खानकै लागि भएको मन्त्री खान पाईने आसमा एमाले छोडेका मेटमणी मन्त्रीमा नाम नअटाएपछी जनताको आखामा धुलो छर्न खोजेको एमाले स्रोतको दबी छ ।

समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले मन्त्री पद गौण हुने धारणा सार्वजनिक गरेका हुन् । चौधरीले भनेका छन्– दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ ।

एकीकृत समाजवादीबाट बन्ने मन्त्रीहरुको नाम प्रस्ताव गर्दा चौधरीको नाम परेको छैन ।

को मन्त्री बन्यो वा बनेन भन्ने विषय मुख्य नहुने उल्लेख गर्दै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहिँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।’

उनले नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी नभएको पनि बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा