शनिबार, साउन ३० २०८३
ताजा अपडेट

महाधिवेशनको मुखमा काँग्रेस प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष संग भेट्नुको राज यस्तो रहेछ…


  • बिहिबार, असोज २१ २०७८
11.3K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको छ । बुधबार भारतको राजधानी नयाँ दिल्लीमा काँग्रेस प्रतिनिधिमण्डलले अध्यक्ष नाड्डासँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा  सौहार्द कुराकानी भएको नेपाली काँग्रेसका युवा नेता उदयशम्शेर जबराले बताएका छन् । भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा.आश्विन जोहर पनि सहभागी थिए ।

नेपाली काँग्रेसका तर्फबाट डा.महत, काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र राणा सहभागी थिए । तीन सदस्यीय काँग्रेस प्रतिनिधिमण्डल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह पाँच दिने भारत भ्रमणमा निस्किएको थियो ।

कांग्रेसको महाधिवेशनको पूर्व सन्ध्यामा देउवा निकट काँग्रेस नेताहरू भारत भ्रमणमा निस्किनुलाई अर्थ पूर्ण रूपमा हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा