शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

गोरखा दरवारमा राखियो दशैंको जमरा


  • बिहिबार, असोज २१ २०७८
13.2K
SHARES

फाईल तस्बिर

बडा दशैको पहिलो दिन बिहीवार गोरखा दरवारमा घटस्थापना गरिएको छ। विहान ११:४६ बजेको शुभ साइतमा कालिका मन्दिरमा वढाइका साथ घट्ट स्थापना गरिएको मूल पुजारी शारदाप्रसाद भट्टराइले बताए । सँगै जमरा पनि राखिएको छ ।

कालिका मन्दिरको दशै घर र जमरा कोठामा २ पाथी ४ माना र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको उनले बताए । त्यस्तै उपल्लोकोटमा दुई माना र तल्लो कोटमा एक माना जौको बिज राखिएको छ ।

आज शैलपुत्री भगवतीको पुजा हुने बताउँदै भगवतीलाई कालिका मन्दिरको गर्भ गृहमा सारिएको उनले जानकारी दिए । ‘मूल दरवारको कैलाश कोठाबाट गर्भ गृहमा सवारी गराउनुपर्ने हो,’ उनले भने, ‘तर दरवार पुननिर्माण भइरहेकाले भगवतीलाइ कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौ, त्यहीबाट आज विहान गर्भ गृहमा सवारी गराएका हौ ।’

आजबाट दरवारमा नियमित बलि शुरु हुने छ । गोरखनाथ र कालिकातर्फ आज बलि हुने गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए ।

दशै पुजाआजा र बलीका लागि यसवर्ष पुरातत्व बिभागबाट २० लाख रकम विनियोजन भएको उनले जानकारी दिए । बोका, राँगो, भेडा, कुखुरा र संगुरको बलि चढाउने परम्परा रहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा