नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दाबी गरेका छन् ।
बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताए ।
आफू निष्कलंक रहेको पटक–पटक दोहोर्याउँदै गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौती छ राज्यसँग । मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक पैसा पनि हिनामिना गरेको छैन । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’
आफू कांग्रेसमा प्रवेश गरेपछि केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको आरोप समेत लगाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।