बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।
उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत बृद्धि गरिएको छ । यो भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने समेत मन्त्रालयको निर्णय छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।