प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलिभित्रै सरकारलाई पूर्णता दिने भए सँगै एमाले विरुद्ध आगो ओकल्दै हिँड्ने नेतृ झाँक्रीले अब ओलीका विरुद्ध बोल्न छाड्ने आंकलन एमाले स्रोत बताउँछ ।
मन्त्री नपाएरै एमाले छोडेर गएको दाबी गर्दै मन्त्रीनै पाएपछी एमालेको विरोध कम गर्ने आकलन एमाले स्रोतको रहेको छ । अझ अगाडि थप्दै एमाले स्रोत भन्छ, अहिल्यै हो जति मन्त्री खाने चुनाव पछि झाँक्रीको नामो निसाना मेटिन्छ ।
तत्कालीन एमालेमै रहँदा पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका केपी ओली विरुद्ध आगो ओकल्दै हिँड्ने नेत्री झाँक्री अहिले एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा छिन् ।
सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको समाजवादी दलले मन्त्रीको भागबन्डा पाए सँगै नेतृ झाँक्री रक्षा मन्त्री बन्ने ब्यापक बजार हल्ला छ ।
एमाले निकट स्रोतका अनुसार पदकै लागि माधव नेपाल ले एमाले टुक्राएको र नेतृ झाँक्री पनि मन्त्री खानकै लागि समाजवादी तिर लागेको जिकिर गर्दै पद पाए पछि एमाले विरुद्ध खनिन कम गर्ने आकलन गर्छन् ।
नेतृ झाँक्रीले भने निरन्तर एमाले र केपी ओली विरुद्ध विभिन्न टाउका कार्यक्रममा खनिई रहेकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।