पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भारतमा नेपाल र नेपाली लाई नोकरको दर्जा दिइने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा आफ्नू धारणा सार्वजनिक गर्दै भट्टराईले भारतमा नेपालीलाई हेप्ने व्यवहार आफैले भोगेको समेत बताउँदै आफू क्रान्तिमा होमिनुमा भारतीय व्यवहार रहेको समेत खुलाएका हुन ।
उनले भनेका छन् राजदूत @RanjitRae (रञ्जित रे) ले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु– चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘Where is Nepal?’ (नेपाल कहाँ छ?) भनेको’, बुधबार बिहान डा. भट्टराईले भनेका छन्, ‘ठूलाबडाको घरमा जाँदा ‘My servant is also from Nepal’ (मेरो नोकर पनि नेपालकै हो) भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।