शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?, देउवा र पौडेललाई प्रकाशमानको प्रश्न


  • बुधबार, असोज २० २०७८
7.9K
SHARES

तस्विरः फाइल

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । उनले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’

पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उनले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?, के हामी सधैं अरुकाे झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा