शनिबार, साउन ३० २०८३
ताजा अपडेट

चिप्लिने भयो अर्का मुख्य मन्त्रीको कुर्सी, अनेक हत्कण्डा अपनाउँदा पनि पदमा अडिरहन नसक्ने सङ्केत !


  • मंगलबार, असोज १९ २०७८
12.4K
SHARES

फाईल तस्बिर

भ्रष्टाचार काण्डमा मुछिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कुर्सी चिप्लिने देखिएको छ । जति सुकै मिडियामा सफाईदिँदै हिडे पनि मुख्यमन्त्रीको कुर्सी जोगाउन राउतलाई हम्मे पर्ने सङ्केत देखिन थालेका छन् ।

मुख्यमन्त्रीको तत्काल रोजिनामा दिनु पर्ने माग सहित जनकपुर लगायत प्रदेश २ का विभिन्न जिल्लाहरूमा दिनदिनै प्रदर्शन भएपछि मुख्यमन्त्री राउतको कुर्सी हल्लिन थालेको स्रोत बताउँछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर मुख्यमन्त्री राउतलाई भ्रष्टाचारमा जोड्न खोजेपछि प्रदेश २ मा तरङ्ग उत्पन्न भएको छ ।

राउतको पार्टी जनता समाजवादी पार्टी, नेपाल जसपाले अख्तियारको विरोधमा प्रदर्शन गर्न भ्याइसके पनि दिन दिनै मुख्यमन्त्रीको विरोधमा सडकमा आन्दोलन निस्किन तालेपछि जतिसुकै हत्कण्डा मुख्यमन्त्रीले अपनाए पनि पद चिप्लिने जानकारहरू बताउँछन् ।

महन्थ ठाकुर, सिके राउत लगायतका पार्टीले मुख्यमन्त्रीको राजीनामा मागी सकेको अवस्था छ । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा