गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बुद्ध एयरले स्पष्ट पारेको छ। बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई प्रतिवेदन बुझाउँदै जहाजमा कुनै पनि समस्या नभएको बताएको हो।
गएको ११ गते बुद्ध एयरको काठमाडौं-विराटनगर उडानमा उड्नुभन्दा पहिले ‘क्रु टिम’ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।
बुद्ध एयरले आन्तरिक छानबिन गरेर बुझाएको प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको बताएको छ। प्रतिवेदनमा क्याप्टेन एजी शेर्पाले उडाएको उक्त जहाजमा पहिले नै समस्याको संकेत जहाजले गरेकोसमेत उल्लेख गरिएको छ।
क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा बुद्ध एयरले छानबिन समिति गठन गरेको थियो। प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएको समेत उल्लेख गरेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
ठूलो दुर्घटनाबाट जोगिएको बुद्ध एयरको बुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज साढे २ घण्टा आकाशमै घुमेर काठमाडौंमै अवतरण गर्न सफल भएको थियो। काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेट जाँदा उडेको थियो।
विराटनगर पुगेपछि अतवरण गर्न सकेन। जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज फेरि काठमाडौंमै फर्किएको थियो। विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किँदा उडान दलले यात्रुलाई सामान्य प्राविधिक समस्या भएको र काठमाडौं पुगेर फर्किने जानकारी गराएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।