शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रामकुमारी झाँक्रीको उद्घोस: केपी शर्मा ओलीलाई “गाली शिरोमणि” उपाधि नदिए अन्याय हुन्छ


  • मंगलबार, असोज १९ २०७८
14.1K
SHARES

रामकुमारी झाँक्री/फाइल तस्विर

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्षलाई गाली शिरोमणिको संज्ञा दिएकी छन् । एमाले विभाजन हुनुको मूल कारण केपी ओली भएको उनको जिकिर छ  ।

ओलीलाई गाली शिरोमणि हुन भन्दै उनले एमालेलाई विधिसम्मत ढङ्गले नचलाएको आरोप समेत लगाइन् ।  सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निरङ्कुशवादी सोचको अन्त्य भएको छ ।’

झाँक्रीले दुई–दुई पटक ओलीले संसद भङ्ग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्ने र वामपन्थी आन्दोलनलाई विसर्जनको बाटोतिर धकेलेको आरोप लगाइन् ।  ओलीले आर्थिक समृद्धिका गफ चुटेर आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम बाहेक अरु केही नगरेको उनको भनाई थियो ।

‘आर्थिक गतिविधिका कार्यक्रम ल्याउनुको सट्टा विभिन्न  दलाल, प्रोत्साहित पुँजीवादको चङ्गुलमा फसाउने काम ओलीबाट भएको छ,’ उनले भनिन्, ‘ओलीका क्याबिनेटकै मान्छेहरु ठुला भ्रष्टाचार काण्डमा  मुछिए, ओली उनीहरुको सहयोगी समेत भए ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा