शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमाले कुम्भ मेला ५ करोडको मासु भात खाएर १० पन्ने विधान बनाएर सकियो : भीम उपाध्याय


  • सोमबार, असोज १८ २०७८
17.2K
SHARES

फाईल तस्बिर

पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा रु ५ करोडको मासु भात खाएर, पोस्टर र डमी बनाएर, भाषण ठोकेर, १० पन्ने विधान बनाएर, भुसुक्कै निदाएर एमाले विधान महाधिवेशन सकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा केही प्रतिनिधि हरू निदाएको फोटो समेत बाँड्दै उनले पाँच करोडको मासु भात खाएको कडा टिप्पणी गरेका हुन ।

विधान महाधिवेशन सुरु हुँदै पूर्व सचिव समेत रहेका उपाध्यायले ७ हजार जनाको गोदावरीको कुम्भमेला मासु भातको खेला मात्रै भएको टिप्पणी गरेका थिए ।

उनले आज आफ्नू सामाजिक सञ्जाल फेसबुकमा रु ५ करोड त मासु भात खाएर, पोस्टर र डमी बनाएर, भाषण ठोकेर, १० पन्ने विधान बनाएर, भुसुक्कै निदाएर हजम पारेछन्। भन्ने टिप्पणी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा