शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले लाई पार्टी भन्नेहरू ओली रुचाउने झुन्डका सदस्य मात्रै हुन : बेदुराम भुसाल


  • सोमबार, असोज १८ २०७८
9.1K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भक्तपुर जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमाले लाई पार्टी भन्नेहरू ओली रुचाउने झुन्डका सदस्य मात्रै भएको टिप्पणी गरेका छन् ।

भुसालले अझ अगाडि थपे नेकपा एमाले पार्टी नभएर ओलीको एउटा  गुट मात्र भएको र यो ओली गुटबाट केही आस गर्न नसकिने समेत बताएका छन् ।

केपी ओलीले पार्टी कार्यकर्ताको विचारलाई सम्बोधन पटक्कै गर्न नसकेको दाबी गरे ।  एमालेले अङ्गीकार गरेको जबजको समेत धज्जी उडाउने काम गरेको बताउँदै ओलीलाई देवत्व करण किन गर्न खोजिएको भन्ने प्रश्न गरेका छन् ।

महासचिव भुसालले नीतिअनुसार नेता चल्नु पर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रुचाउनेहरूको झुन्ड मात्र भएको टिप्पणी गरे ।

भुसालले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा