नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा काँग्रेसको तेस्रो धार कृष्ण प्रसाद सिटौला निकट मानिँदै आएका थिए । गएको महाधिवेशनमा सिटौला खेमाबाट महामन्त्री लडेर हारेका थिए ।
१३ औ महाधिवेशन हारे पनी नेता सिटौलाले गगनलाई मन्त्री समेत बनाएका थिए । तर अहिले थापाले सिटौलालाई एकाएक छोडेर अवसर को खोजीमा रामचन्द्र पौडेल क्याम्पमा आएका छन् ।
काठमाण्डौ क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्य थापा चतुर अवसरबादी र वाक कला भएका नेताका रूपमा काम गरेर भन्दा भाषण र प्रचारबाजी गरेरै युवामाझ लोकप्रिय छन् । तर कामका हिसाबले टेस्टेट भई सकेका नेता हुन ।
आसन्न महाधिवेशनमा सिटौला क्याम्पबाट केन्द्रीय सदस्य समेत नजितिने देखेपछि थापाले सिटौलालाई छोडेर पौडेल खेमामा गएको हल्ला पिटे । पौडेल खेमामा नेता रामचन्द्र पौडेल लगायत नेताले स्विकार गरेको नबुझिए पनि काठमाण्डौमा पुर्ब माहामन्त्री प्रकाशमान सिंहको पकड बलियो देखेर एकाएक नेता सिंहको टाङमुनि छिरेको काँग्रेस वृत्तमा हाल्ला छ ।
थापा भने प्रकाशमान को आडमा काठमाण्डौमा गगन थापाले किल्ला जमायो भन्ने प्रचारबाजीमा लागेका छन् । विभिन्न मिडियाहरूमा काँग्रेस काठमाण्डौमा गगनले किल्ला गाडे भन्ने हेडलाई आउनु स्वयम गगन थापाले आफै प्रचार बाजी गराएको विशेष स्रोत बताँउछ ।
काठमाडौँ काँग्रेसको सङ्गठन नेता प्रकाशमान सिंहको बलियो छ । सिंह बलियो रहेको बुझेका थापाले नेता सिंहको समूह सँग सहकार्य गरे जस्तो गरेर काठमाडौँका युवाहरूलाई पुरै सङ्गठनमा आफ्नू पक्कड रहेको सन्देश दिन चाहेको स्रोत बताउँछ । आफ्नू प्रशंसा र प्रचारमा रमाउने गगन थापाको स्वभावनै रहेको स्रोतको दाबी छ ।
प्रचार र भाषणले टिकेको गगनको राजनीति भएकाले काठमाण्डौमा मेरो दबदबा छ भनेर प्रचारबाजी गर्नु कुनै नौलो नभएको एक जानकार बताउँछन् । गणेशमानको विरासत बोकेको चाक्सीवारिको टाङमुनि छिर्दैमा गगन थापाको वर्चस्व काठमाण्डौमा हुन्छ भन्ने कुरो मात्र प्रचारबाजी भएको स्रोत बताउँछ ।
हिजो मन्त्री पदमा पुर्याउने कृष्ण प्रसाद सिटौलालाई लात हानेर काठमाण्डौमा काँग्रेसमा किल्ला जमाए मेरो प्रभाव काठमाण्डौमा राम्रो छ भन्दै मिडिया बाजीमा लाग्नु हास्यास्पद रहेको स्रोतको दाबी छ ।