शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले नाम धारीहरूले सूर्य चिन्ह हटाएर केपी ओलीको बुख्याचा बोकेर हिँडे हुन्छ : झाँक्री


  • सोमबार, असोज १८ २०७८
7.6K
SHARES

फाईल तस्बिर

नवगठित पार्टी नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आइतबार चितवनको रत्न नगरमा आयोजना गरिएको नेकपा एकीकृत समाजवादी नगर कमिटीको भेलालाई सम्बोधन गर्दे  नेकपा एमाले नाम धारीहरूले सूर्य चुनाव चिन्ह परिवर्तन गरेर अध्यक्ष केपी ओलीको बुख्याचालाई बोकेर हिँड्न सुझाव दिएकी छन् ।

कम्युनिस्ट पार्टीको धराशायी बनेको नीति र सिद्धान्त छोड्ने काम ओलीको मेलामा देखिएको उनको भनाई थियो, न विचार, न सिद्धान्त, न संस्कार छ, राज्य लुटेको पैसा छ, पानीको बोतलमा ओलीको फोटो, बाटोमा यत्रतत्र देखिन्छ यो भन्दा लज्जास्पद के हुन्छ भन्दै प्रश्न समेत गरेकी छन् ।

ओलीलाई गलत भन्ने केहि नेताहरु पुन नेकपा एमाले मै फर्किएका देख्दा अचम्म लागेको समेत उल्लेख गरिन् । ‘आजपनि उनीहरु ओली गलत भन्छन्, ओलीको हरेक क्रियाकलाप गलत भन्छन् तर ओलीसंगै टाँसिन्छन् । ओली संग लम्पसार परेको देख्दा बडो अचम्म लागेको उनको भनाई थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा