शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओलीले जङ्गिँदै भने : सरकार मात्र खाने धन्दा गर्दै छ !


  • आइतबार, असोज १७ २०७८
13.3K
SHARES

फाईल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाए।

तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबी दोहोर्‍याए।

‘सम्भवत १५ महिना पछि चुनाव हुन्छ। एमालेको सरकार आउँछ। र त्यसले मात्रै यो काम गर्छ। म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु। अहिलेको सरकारले सुनोस् बैशाख भित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैंले नापेर जोखेर भनेको कुरा उसले देखाओस् बैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर म उहाँहरुलाई ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस्’, ओलीले भने, ‘गोदावरीमा गएर केपी ओलीले यस्तो बोलेको थियो। सक्दैन सरकारले भनेको थियो। झार्‍यौं पानी भन्न सकोस्। अँ त्यति गर्‍यो भनेर कमसेकम मैले भन्न परोस्। तर त्यो गर्नेवाला छैन। मैले फेरि त्यसबेला बैशाखमा भाषण गर्नेछु। वैशाखमा पानी झार्दैनन् भने झारेनन्। यिनीहरुले सक्दैनन् भनेर म फेरि दोहोर्‍याउनेछु। अहिलेको मैले धेरै केही भनिरहनु पर्दैन। बेहाल अवस्थाको छ।’

ओलीले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत नसकेकोमा आपत्ति जनाए।

‘नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन् होकि, होईन भन्न सक्दैन। हो भने हो भने हुन्थ्यो। होईन भने होईन भने हुन्थ्यो नि। होकि होईन अहिलेसम्म पनि चुप छ। तुईन काटेर झराएर मारिन्छ एउटा नेपाली। नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ। छानवीन समिति बनाउँछ त्यसले भन्छ–यस्तो दुर्घटना भएकै हो। त्यो रिर्पोट लुकाउन खोज्छ’, उनले भने, ‘दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन। उनीहरुसँग भन्ने आँट त गर्दैन। दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन। आफ्नो देशको नागरिकका लागि आफ्नो देशको हक अधिकारका लागि आफूले न्याय पाउनका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो ? अरुलाई अरुको धन्दा यो सरकारलाई खानाको धन्दा। यसको ध्यान अन्त छैन।’

अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीले देवत्वकरणको हल्ला फिजाईरहेको दाबी गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा