शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्रालय भागवण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा


  • आइतबार, असोज १७ २०७८
9.2K
SHARES

फाईल तस्बिर

मन्त्रालयको भागवण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भावण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल विरामी भएपछि बैठक नै बसेको थिएन ।

शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय भागवण्डा टुंग्याउने कार्यादेश दिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।

कार्यदलले सम्भवत आजै मन्त्रालयको भागवण्डा टुंग्याएर शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने कोसिस भइरहेको जनाइएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा