शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची


  • आइतबार, असोज १७ २०७८
7.9K
SHARES

फाईल तस्बिर

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।
आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आइओसीबाट नयाँ मूल्यसूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ । पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनित उपाध्यायले रातोपाटीलाई जानकारी दिए । यसअघि, सेप्टेम्बर १६ मा आइओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा