चालु आर्थिक वर्षको साढे २ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३ खर्ब २४ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा अधिकांश दिन सेयर बजार घटेको थियो । यहीकारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो ।
सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ । बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्छ । चालु आवको सुरुवाती साढे २ महिनामा बजार पुँजीकरण घटेकाले अहिले लगानीकर्ताको सम्पत्तिको मूल्य पनि घटेको हो । बजार पुँजीकरण विस्तार हुँदा लगानीकर्ताको आम्दानी बढेको रुपमा विश्लेषण गर्न मिल्दैन । किनकि सेयर मूल्य बढे पनि त्यो बिक्री गरेर रकम प्राप्त नगर्दासम्म लगानीकतालार्ई आम्दानी नहुने भएकाले यसलाई सम्पत्तिको मूल्य मात्र बढेको रूपमा विश्लेषण गरिन्छ ।
नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ३६ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा बिहीबारसम्मको बजार पुँजीकरण ३ खर्ब २४ अर्ब रुपैयाँले कम हो । गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ थियो । भदौ साता पहिलो साता कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा गत बिहीबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब ८ खर्बभन्दा धेरैले घटी सकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।