गणतन्त्रका व्याख्याता प्रचण्डका समेत गुरु भनेर चिनिने नेपालको माओवादी आन्दोलनका एक वरिष्ठ नेता मोहन वैद्य एकाएक राजाको ब्याख्या गर्न थालेका छन् । उनले नयाँ ढङ्गबाट आए राजा फर्कन सक्ने बताएका छन् ।
एक टीभी सँगको अन्तर्वार्तामा नेता वैद्यले पूर्व राजा ज्ञानेन्द्रले नयाँ ढंगले सोचे भने राजतन्त्र फर्किन सक्ने समेत बताएका छन् ।
देशको राष्ट्रियता र स्वाधीनता खतरामा परेको भन्दै नेता मोहन वैद्यले नयाँ तरिकाबाट नयाँ सोचका साथ आए राजा फर्किन सक्ने बताएका हुन ।
अहिले राजा छैन, एउटा शक्ति चाँहि छ । तर त्यो शक्ति नयाँ सोचका साथ नया तरिकाबाट आएमा सहकार्य गर्ने इच्छा मोहन बैद्यले देखाएका हुन ।
कम्बोडियामा पनि नरोद्दम सिंहानुकले कम्युनिष्टहरुसंग मिलेर ल्याएको उनले उदाहरण दिएका थिए । नेपालमा पनि ज्ञानेन्द्रले त्यसरी आएमा पुरानै पूर्वाग्रहमा नबस्ने उनको बिचार थियो ।
वैद्यले ज्ञानेन्द्र मात्रै सामन्तवाद नभएको समेत बताए । सामन्त त अरु पनि रहेको उनको तर्क छ । विगतमा सामन्तवादसंग प्रमुख अन्तरविरोध रहेको भन्दै माओवादीले जनयुद्ध शुरु गरेको थियो । वैद्यले भने राजतन्त्र मात्रै सामन्तवादको प्रतिक नभएको नयाँ तर्क अघि सारेका हुन ।
नयाँ परिस्थिथि अनुसार जानुपर्यो । देशको रक्षा संसदवादीबाट सम्भव छैन । साँच्चिकै देशको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिष्टहरु एक भएर जाउँ भन्ने हो भने त्यसपछि सोच्न सिकिने उनको धारण थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।