शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले महाधिवेशन मोजमज्जा गरेर ओलीको प्रशंसामा गीत गाउने मेला मात्रै हो : बेदुराम भुसाल


  • शनिबार, असोज १६ २०७८
8.9K
SHARES

फाइल तस्विर

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले एमालेको प्रथम विधान महाधिवेशन भनिएको मेलामा भएको भेला मोजमज्जा गरेर केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने मेला मात्रै भएको बताएका छन् ।

काठमाण्डौँमा भएको कार्यक्रममा भुसालले भनेका छन्, ‘ओलीले सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौँ रकम उडाएर, त्यहाँ मोजमज्जा गर्ने थलो बनाएको देखिन्छ। तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउने भेला मात्र भएको छ।

ओली संग न विचार छ, न कुने दृष्टिकोण छ । नयाँ कुरा मैले केही पनि देख्दिनँ । फरक विचार प्रस्तुत गर्नै पाइएन । घनश्याम भुसालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेस गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न पाएनन्। उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको टिप्पणी गरे ।

भुसालले एमालेले आगामी निर्वाचनमा आफु एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पना मात्रै भएको पनि टिप्पणी समेत गरेका छन् । उनी अझ अगाडी थप्दै भन्छन ,यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पना मात्रै हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा