काठमाडौँ । नेपाली कांग्रेस बूढानीलकण्ठ नगर अधिवेशनका उप–सभापतिका उम्मेदवार सानु कान्छा श्रेष्ठ (सुसन) ले आफू उम्मेदवार बनेको टिम बारे भ्रममा नपर्न आग्रह गरेका छन् ।
मैले राजाराम बुढाथोकी नेतृत्वको टिमबाट उम्मेदवारी दिएको छु । श्रेष्ठ भन्छन्, ‘केही सञ्चार माध्यममा मेरो नाम अन्य टिममा रहेको भनी समाचार सम्प्रेषण गरेको पाए । साथीहरूले मसँग कुनै सल्लाह नै नगरी मेरो नाम राखेका रहेछन् । यस प्रति मेरो गम्भीर आपत्ति छ । मतदाताहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु ।’
आज नेपाली कांग्रेस बूढानीलकण्ठ नगर अधिवेशन बाँसबारी स्थित अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ । राजाराम बुढाथोकी सहित तिन टिमले नगर अधिवेशनका लागि उम्मेदवार घोषणा गरेका छन् । निकै नै रोचक बनिरहेको नगर अधिवेशनमा सर्वसम्मत नहुने देखिएको छ ।

राजाराम बुढाथोकी नेतृत्वको नगर टिममा उप–सभापतिमा शम्भु कार्की र सानु कान्छा श्रेष्ठ (सुसन), सचिवमा द्धय ई. बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी र सह–सचिवमा निर्मल आचार्य र कुमार खड्का उम्मेदवार रहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।