शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठमा पदयात्रा हुने


  • शुक्रबार, असोज १५ २०७८
10.5K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा पर्यटन प्रवर्द्धन लागि ‘युवा पदयात्रा’ हुने भएको छ । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजनामा शनिवार युवा पदयात्रा हुन लागेको हो ।
करिब ४ सय युवाको पदयात्रा लक्ष्य लिइएको पदयात्रा बूढानीलकण्ठ नगर परिसरमा भेला भई पानी मुहान, भञ्ज्याङ्ग, माथिल्लो चिसेनी झरना, विष्णुद्धार, स्तुपा, आइतबारे पार्क हुँदै जङ्गल क्याम्पसम्म रहने आयोजकले जनाएको छ । पदयात्रामा इच्छुक व्यक्तिहरू शनिवार बिहान ७ बजे बूढानीलकण्ठ मन्दिर परिसरमा भेला भई सहभागी हुन सक्नेछन् ।
नगर भित्र रहेका युवाहरूलाई सङ्गठित र परिचालन गर्दै केही समय अगाडी गठन र सञ्चालनमा आएको वडा युवा परिषद्लाई अन्य पर्यटन क्षेत्रसंग काम गर्ने संस्था संगठन समुहसंग एकत्रित गराई स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ निर्माणको निम्ति युवा परिचालन गर्दै नगर क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्रहरूको जगेर्ना, संरक्षण र प्रचार प्रसार गर्न ‘युवा पदयात्रा’ कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका सरोज धितालले केटिएम खबरलाई बताए ।
स्वास्थ्यकोको लागि पदयात्रा र नगर विकासको लागि युवा परिचालन गराउने सम्बन्धमा युवालाई जिम्मेवार बोध गराउन पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा