शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते


  • शुक्रबार, असोज १५ २०७८
5.7K
SHARES

फाइल तस्विर

सल्यानमा जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान-रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको  छ ।

जिपमा सवार चारजना भने सकुशल थिए ।  जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा