बिधान माहाधिवेशनमा खोकिका कारण ओलीले आफ्नो संबोधन पुरा गर्न सकेनन । नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् ।
सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।
लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।
एमाले विधान महाधिवेशन गोदावरीमा जारी छ । विधान महाधीवेशनको पहिलो दिन प्रतिवेदन पेस गर्ने काम भई रहेको छ । ओलीले आफ्नू प्रतिवेदन शारीरिक अवस्था गडबड जस्तो देखिए पछि शंकर पोख्रेलले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । ओली आफ्नो सिटमा गएर आसन ग्रहण गरेका छन् ।
आफ्नो भाषण प्रस्तुत गर्ने क्रममा ओलीलाई खोकी लागेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।