शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

७ हजार जनाको गोदावरीको कुम्भमेला मासु भातको खेला मात्रै : पूर्व सचिव भीम उपाध्याय


  • शुक्रबार, असोज १५ २०७८
8.3K
SHARES

फाईल तस्बिर

पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा ७ हजार जनाको गोदावरीको कुम्भमेला मासु भातको खेला मात्रै भएको टिप्पणी गरेका छन् । सोह्र श्राद्धमा गरेको कुनै पनि काम अफाप हुने भन्दै उनेले यसमा पनि मासु खाएर कुनै पनि जनहितमा निर्णय नआउने तर्फ सङ्केत गरेका छन् ।

कुम्भमेलामा बडे मालिकले जसो जसो भन्यो त्यसै त्यसै गरेर हिड्नेकाम मात्र हुने उपाध्यायको दाबी छ । उनले यो कुम्भमेलाबाट सही निर्णय नआउने समेत जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् “गोदावरीको कुम्भमेलामा ७ हजार जनाको भेलामा मासु भातको खेला। यस्तोमा के को कसरी सरसल्लाह होला र सही निर्णय देला? बडे मालिकले जसो जसो भन्छन् तसो तसो गर्‍यो, जल छर्कियो, सेचन गर्‍यो हिँड्यो ! सोह्र श्राद्धमा गरेको कुनै पनि काम अफाप हुन्छ, गरिँदैन। यसमा पनि मासु? राम राम!”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा