नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए ।
अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए । मञ्चमा बसेका नेताहरुतिर हेर्दै उनले भने, ‘तर यसो हेर्छु अँह …. ।
नेतृत्व आकांक्षीहरुलाई उनले आग्रह गरे, ‘विचार राजनीति, योजना सहित आउनुस् । राम्रो भयो, पार्टीले पास गर्यो भने उत्तराधिकारी घोषणा गरेर हिँड्छु ।’
तर माओले लिनप्याओलाई गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने उनले बताए । प्रचण्डले अघि भने, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने, त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई बाटो छोडिदिन्छु ।’
’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।