नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संवादमा आउन आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई असहिष्णु नबन्न आग्रह गरेका हुन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन l श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन संवादले खोजौँ l गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।