एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कालो धनलाई सेतो बनाउने नेतृत्वकर्ता भएको आरोप लगाएका छन् । राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको थाहा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो आरोप लगाएका हुन ।
भ्रष्टाचारी र तस्करले कमाएको कालो धनलाई सेतो बनाउने मार्गदर्शन बोकेर पूर्वमाओवादी नेता एक हुन लागेको र त्यसको नेतृत्व प्रचण्डले गरेको बस्नेतको आरोप छ । वर्तमान सरकार भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने बाटोमा हिँडेको समेत नेता बस्नेतको आरोप छ ।
भाषणको क्रममा नेता बस्नेतले नेपाली काँग्रेस र माओवादी पार्टीलाई भोट हाल्ने जनतालाई पाप लाग्ने निष्कर्षमा आफूहरू पुगेको समेत बताएका छन् । जनहितमा ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले गर्नै नहुने काम गरेको समेत उनले भनेका छन् । यो सरकार सरसर भ्रष्टाचार तर्फ उन्मुख रहेको उनको बुझाई छ
वर्तमान प्रधानमन्त्रीले जनहितमा ल्याएका योजनाहरू कार्यान्वयन नगरेर भ्रष्टाचार उन्मुख योजना अहिलेको सरकारले ल्याएको बताएका नेता बस्नेतले यो सरकार जनताको हितमा हुनै नसक्ने समेत बताएका छन् ।
जनताले नपत्याएका उमेर ढल्केका मन्त्री बन्न लागेको सङ्केत गर्दै यो सरकार ले कुनै पनि हालतमा जनताका माग पुरा नगर्ने नेता बस्नेतको दबी छ । मन्त्रीसन्त्री समेत रहेका नेता बस्नेतले जनताको हितमा काम गर्ने हो भने जति सक्दो चाडो संसद् विघटन गरेर चुनावमा जानु नै आजको अबस्यकता रहेको बताएका छन् ।
जनताको जनमधेसले सरकार बनाएर जनहितका काम एमालेले गर्ने बताउँदै परमादेशको सरकार बाट कुनै कुराको आस गर्न नसक्ने उनको ठोकुवा थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।