शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

षड्यन्त्र पूर्वक भ्रष्टाचारको आरोप लाउने अनि मैलै राजीनामा दिनु पर्ने ? यो सम्भव छैन : मुख्यमन्त्री राउत


  • बिहिबार, असोज १४ २०७८
9.6K
SHARES

फाईल तस्बिर

षड्यन्त्र पूर्वक भ्रष्टाचारको आरोप लगाउने प्रयास गरेको भन्दै प्रदेश नम्बर २ का मूल्य मन्त्री लालबाबु राउतले यो प्रकरणमा राजीनामा नदिने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मार्ने शैली नमिलेको उनको दाबी थियो ।

“मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम मुलुककै गौरवको योजना हो । हामीले ई–बिडिङबाट विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर काम गरेका छौं ।

तर अख्यितारले जुन किसिमले मिडियाबाजी गरेर छापा मार्यो, त्यसले हामीलाई भ्रष्टाचारी भनेर बदनाम गर्ने दुस्प्रयास गरिएको छ ।” भ्रष्टाचार भएको भए कारबाही गरे भयो । आफूहरूले सबै नियम कानुन टेकेर नै काम गरेको बताउँदै उनले सङ्घीयता विरोधी तत्त्वहरूले आफ्नो बदनाम गर्न खोजेको उनको दाबी थियो ।

भ्रष्टाचारको विरुद्धमा आफै लडेको बताउँदै मुख्यमन्त्री राउतले यो प्रकरणमा आफूले राजीनामा नदिने समेत प्रष्ट पारेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा