८ जेठ, काठमाडौँ ।
बालुवाटारमा रहेको बालुवाटार मोडल स्कूलका कक्षा १० का छात्र पवन राईलाई आयन श्रेष्ठले सहयोग प्रदान गरेका छन् ।
बालुवाटार मोडल स्कूलका संस्थापक समेत रहेका श्रेष्ठले आफ्नै खर्चमा पुर्ण छात्रवृद्धि प्रदान गरेका हुन् ।
स्कूलको शूल्क, पुस्तक, विद्यालय यूनिफर्म लगायतको खर्च आफैले व्यहोर्दै छात्रवृद्धि प्रदान गरेका हुन् ।
पवनको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले उनलाई पढाईबाट बञ्चित गर्नुहुदैन भन्ने लाग्यो । त्यसैले उनको उज्वल भविष्यका निमित्त यस वर्षको शैक्षिक सत्रका लागि आफ्नो सहयोग रहेको श्रेष्ठ भन्छन् । आर्थिक अवस्था कमजोर भएकै कारण पढाईबाट कोही पनि टाढा हुनु नपरोस् भन्नका लागि आफुले विभिन्न विद्यार्थीहरुलाई सहयोग गर्दै आएको श्रेष्ठ बताउछन् ।
बालुवाटार मोडल स्कूलका प्रिन्सिपल विष्णु पाण्डेले पवनको पढाईको निमित्त गरेको सहयोगका लागि आयन श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका छन् ।
यस्तै विद्यालयका अध्यक्ष गोपाल भण्डारीले पनि श्रेष्ठलाई धन्यवाद दिँदै पवनको उज्वल भविश्यका लागि कामना व्यक्त गरेका छन् । विद्यालयले पनि प्रत्येक वर्ष विद्यार्थीको लागि १० प्रतिशत छात्र बृद्धि प्रदान गर्ने योजना रहेको अध्यक्ष भण्डारी बताउछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।