नेपालका राजनीतिज्ञ नेताहरूको विदेशी अस्पताल चहार्ने बानी भई सक्यो । नेपालको चिकित्सा क्षेत्रलाई विश्वास नगरेर हो या पैसा धेर भएर हो नेताहरू दिल्ली ब्यंकक र अमेरिका सम्मै उपचारको नाममा चहार्छन । एउटा दुइटा मात्र हैन प्राय सबै दलका सबै नेता नै विदेश उपचार गर्न धाउँछन् ।
विदेश उपचार गर्न जाने पैसा नेतालाई कसले दिन्छ भन्ने प्रश्न आम जनताले उठाउन थालेका छन् । ब्यंकक देखी दिल्ली अझ अमेरिका सम्म चाहर्दा राम्रै धन राशि खर्च हुने गर्छ । सक्रिय राजनीतिमा रहेका नेताको बेपार व्यवसाय पनि देखिँदैन । पूर्णकालीन राजनीतिमा होमिएका नेताको की राज्यको ढुकुटी बाट उपचार खर्च हुनु पर्यो नभए नेताकै खल्तीबाट । पूर्व प्रधानमन्त्री झालनाथ खनाल लगायत केही नेताहरूलाई राज्यले सहयोग गरेको छ । तर सबै नेताहरूलाई राज्यले सहयोग गर्ने कुरा पनि भएन त्यो सम्भव पनि छैन ।
हिजो भर्खर मात्र मन्त्रीसन्त्री नन्दकिसोर पुन अनन्त उपचारकै लागी ब्यंकक उडे । उपचरका लागी बहिरी देश उड्नु विरोध हैन तर स्वदेशका चिकित्सकलाई बिस्वास नै नगर्नु र कुनै व्यापार व्यवसाय नभएका पूर्णकालीन राजनीतिमा होमिएका नेताहरू विदेशमा उपचार गराउदै गर्दा पैसा कहाँ बाट खर्च गर्छन् भन्ने प्रश्न आम सर्वसाधारणमा उब्जेको छ ।
विदेशमा उपचार गराउन के सामान्य मन्त्री सांसदको तलबले पुग्ने अवस्था छैन । तर पटक पटक संसद् देखी पूर्व मन्त्रीहरू विदेशी अस्पतालमा उपचार गराउन गई रहेका छन् । यसले नेता भएपछि नेपालमा उपचार गराउनै नहुने गलत राजनीतिक संस्कारको विकास भएको जानकारहरू बताउँछन् । नेताहरूले नेपालमै उपचार गराउनु पर्ने आम जनताको धारणा छ ।
अझ आम सर्वसाधारण हरू सिटामोलको लागी सङ्घर्ष गर्नु पर्ने अवस्थामा नेताहरू स्वदेशमै उपचार नगराएर विदेश धाउनुले झनै सर्वसाधारण रुष्ट देखिन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।