शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेता बिरामी परे बैंकक प्रस्थान, जनता बिरामी परे सिटामोल नपाएर अकालमै मृत्यु हुनु पर्ने !


  • बुधबार, असोज १३ २०७८
15.4K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक गएका छन् । नेताहरू उपचारको लागि भन्दै बिदेसिन थालेपछि आम नेपाली हरूको एउटै प्रश्न हुने गर्छ नेता बिरामी परे विदेश जाने जनता सिटामोल नपाएर अकालमै मर्नु पर्ने कहिले सम्म ?

अधिकांस पार्टीका वरिष्ठ नेताहरू आफ्नो स्वास्थ्य उपचार नेपालमा गराउँदैनन् । भारत,बैंकक र अमेरिका सम्म उपचारका लागी धाउँछन् । हाम्रो जस्तो मुलुकमा सिटामोल नपाएर जनता छटपटाउनु पर्ने अवस्था छ तर नेताहरू भने आफूले चाहेको देशमा गएर उपचार गराउनु न्यायोचित नहुने सर्वसाधारणको बुझाई छ ।

आज उपचारकै लागि नेता अनन्त बैंकक प्रस्थान गरेका छन् । उनी बुधवार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ ।’

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा