आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

बिन्दास पूर्व युवराज, कुनै कुराको चिन्ता नदेखिने आफ्नै स्वतन्त्र जीवन शैली !


  • मंगलबार, असोज १२ २०७८
10.9K
SHARES

फाईल तस्बिर/ पारस शाह 

तत्कालीन राजाको छोरो त्यती मात्र हैन राजसंस्था हुन्थ्यो भने राजाको उत्तराधिकारी हुन पारस शाह । तर बर्तमानमा उनको जीवनशैली बडो अचम्मको छ । मस्त मग्न न राज्य गएकोमा चिन्ता छ न परिवार सँगै साथमा बस्छन् । स्वतन्त्र एक सामान्य सर्वसाधारण जस्तो जीवन शैली ।

पोखरा देखि काठमाण्डौका सडकमा हार्ले डेभिसन बाईक बाइक चलाएर एक्लै आनन्दले हिड्छन् । राजर्षि ठाटमा हुर्केका पारसको जीवन बडो सामान्य उनका तस्बिरले देखाउँछ ।

विवाद होलान् झमेला होलान् तत्कालीन अवस्थामा कानुन र संविधानमाथि रहेको राजसंस्थाका युवराजको पारा देखिएला तर साँच्चै साधारण जीवनशैली प्रशंसनीय छ । न उनलाई अङ्ग रक्षक चाहिन्छ न कुनै स्यकुरीटी र्थेटको महसुस हुन्छ बिन्दास सँग सडकमा बाइक कुदाउँछन् ।

पारस शाह  पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्व रानी कोमल शाहका जेठा छोरा हुन । विक्रम २०५८ सालको दरबार हत्याकाण्डबाट तत्कालीन राजा वीरेन्द्र स्वर्गारोहण भए पश्चात् पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई २०५८ कार्तिक १० विजया दशमीका दिन नेपाल अधिराज्यको श्री ५ युवराजाधिराज घोषित गरियो ।

राजसंस्था अहिले मुलुकमा छैन  ।  त्यो एउटा पाटो हो  ।  तर यती बेला राजसंस्था हुन्थ्यो भने पारस शाह राजाका उत्तराधिकारी स्वतः हुन्थे । लामो विरासत बोकेको राजसंस्था ढल्यो । राज स्वदेशमै राज्य विहीन भएर सर्वसाधारण नागरिक सरह भएर रहे । पारसको जीवनशैली झन् विचित्रको छ ।

बिन्दास सडकमा हार्ले डेभिसन बाईक बाइक लिएर सफर गर्ने देखि विभिन्न ठाउँमा घुम्ने । उनका तस्बिर हरू हेर्दा लाग्छ उनलाई राजा हुन नपाएकोमा एक रत्ती चिन्ता छैन । आफ्नै पारा छ । जीवन जिउने आफ्नै तरिका छ  ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा