
हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ ।
शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।
स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ ।
खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।