त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरीकार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो।
भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४३ वर्षीय सन्तविर राई छन्।
प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको थियो। समुन्द्रले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो।
थप सोधपुछको क्रममा राईको पनि संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
यसैगरी, विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद गरेको थियो। १४ वटा बाला र एउटा सिक्री प्रहरीले बरामद गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।