बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा खर्चका विषयलाई लिएर हात हालाहाल भएको छ । सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो ।
सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको रातोपाटीलाई बताइन् । उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताइन् ।
बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको उपप्रमुख थापाले बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।