हिजोआज हाते जातो र ढिकी लोप हुदै छन् । अहिले गाउ घरमा आधुनिक मिल आएका छन् ।
पुराना परमंपरागत ढिकी जातो कमै देख्न पाईन्छ । गाउगाउमा बिजुली पुगेपछि झनै धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नया प्रविधिको मिल भित्रिएपछि अहिले गाउघरबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जातो लोप हुूदै जान थालेको छ । पुराना प्रबिधि लोप हुन थालेपछी अहिलेको नया पुस्ताले ढिकी जातो कस्तो हुन्थ्यो भन्ने पनि थाहा नपाउने संभावना बढेको छ ।
केही वर्ष अघिसम्म पनि बिभिन्न जिल्लाको धेरै जसो स्थानमा जातो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसंगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउछन् ।
पहिला–पहिला गाउमा बिजुली नआउदा र मिल स्थापना नहुदा ढिकीमा पालैपालो धान कुटाउन, मकै गहुं पिसाउनेको ओइरो नै लाग्थ्यो, अब आधुनीक जमानामा सबै मिलले गर्छ।
हिजोआज गाउमा ढिकी र जातो विस्थापित हुन पुगेकामा पुराना गाउलेहरु निकै चिन्तित बन्न पुगेका छन् । भन्छन,विगतमा गाउघरमा ढिकी, जातो चल्दा र ढिकी, जातोको आवाज आउदा पनि गाउघर रमाइलो हुन्थ्यो । अहिले गाउमा ढिकी भत्किसके। जातो उखेलिएर फालिसके। अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुदा गाउ नै सुनसान हुन पुगेको छ ।
गाउमा दशै, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुदा ढिकीमा च्यूरा तथा धान कुट्ने कार्यले गाउ नै रमाइलो हुने गर्थ्यो । आज नया प्रविधिको कारण पुराना प्रविधि विस्थापित भएपछि गाउघर नै सुनसान हुन पुगेको गाउले हरुको बुझाई छ ।